
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले पनि संघीय संसदमा संविधान संशोधन विधेयक दर्ता गराएका छन् ।
सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ ।
तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्तावहरु दर्ता भएका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी कांग्रेसका ८ जना मधेशी सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रदीप गिरी, चित्रलेखा यादव, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, उमाकान्त चौधरी, अभिषेक प्रताव शाह, नमिता चौधरी र पदमनारायण चौधरीले मंगलबार विधेयक दर्ता गरेका हुन् ।
यसअघि सोमबार जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन विधेयक दर्ता गराइसकेको छ ।



