
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रदेशका एक मन्त्रीको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सिन्ध प्रदेशका मावन व्यवस्थापनमन्त्री गुलाम मुर्ताजा बालोचको मंगलबार मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
उनको मृत्युको पुष्टि गर्दै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले सिन्ध त्यसले सरकारलाई ठूलो क्षति पु¥याएको बताएका छन् ।
सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले पनि ट्विटरमार्फत श्रदाञ्जलि दिएका छन् ।
गत मे १४ तारिख उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कराँचीस्थित एक निजी अस्पतालमा आईसीयूमा राखेर उपचार गरिएको थियो ।



