काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई हजारभन्दा बढी पुगेका छन् । मंगलबार दुई सय ८८ संक्रमित फेला परेसँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । परोहा, गौर, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका उनीहरु ८ वर्षीया बालिकासहित १३ देखि ६० वर्षका पुरुष छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा रौतहट ३६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु परोहा, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकाको क्वारेन्टिनमा छन् र १२ देखि ४८ वर्षका पुरुष हुन् ।

यसैगरी सर्लाहीका २१ मा संक्रमण पुष्टि भएको छ । बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरु १३ देखि ४० वर्षका पुरुष हुन् ।

सिराहाका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका उनीहरु १६ देखि ४२ वर्षका छन् ।

धनुषामा ६ जना र महोत्तरीमा दुई जना संक्रमित थपिएका छन् । यस्तै सप्तरी रामघटका २० वर्षीय पुरुष र बारा देवतालका १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.