
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जसपाले संयुक्त रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएका हो ।
सरकारले नक्सासम्बन्धी संविधान संशोधन गर्न थालेपछि जसपाले पनि प्राइभेट बिलका रुपमा विधेयक दर्ता गराएका छ ।
विधेयकमा राजपाको तर्फबाट प्रमुख सचेतक लक्ष्मण लाल कर्ण र समाजवादीको तर्फबाट राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रदेशको अधिकार र सीमांकन, भाषा, नागरिकता लगायतको विषयमा जसपाले विधेयक दर्ता गराएको नेता श्रेष्ठले जनाए ।



