धनुषा । धनुषा जिल्ला प्रशासन कार्यालयले बिरामीलाई अस्पताल लैजान विभिन्न बहाना बनाएर आनाकानी गर्ने एम्बुलेन्सहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कार्यालयले सूचना जारी गरी बिरामी बोक्न आनाकानी गर्ने गरेको गुनासो आएको एम्बुलेन्स सञ्चालन गर्ने संघसंस्था तथा चालकहरूलाई अहिलेको विषम अहिलेको अवस्थामा कुनै पनि बहानामा बिरामी बोक्न अस्वीकार नगर्न अनुरोध गरेको छ ।

यसका साथै जिल्ला प्रशासन कार्यालयले तोकेको पालिकामा राख्न पनि सञ्चालकहरूलाई सचेत गराइएको छ । त्यस्तै, चालकको सिटलाई पार्टिसन गर्नुपर्ने, चालकहरूलाई पीपीई, पञ्जा र मास्क उपलब्ध गराउनुपर्ने, बिना कारण चालकले बिदा लिन नपाउने र बिदा बस्नै पर्ने अवस्था आए बैकल्पिक व्यवस्था गर्नुपर्ने निर्देशन पनि प्रशासन कार्यालयले दिएको छ ।

बिरामी बोक्न अस्वीकार गर्ने एम्बुलेन्स खारेजीसम्मको प्रक्रियामा लैजाने गरी कारबाही गर्नेसमेत कार्यालयले चेतावनी दिएको छ । सिकायतका लागि नेपाल प्रहरीको १०० नम्बर र स.प्र.जि.अ. धनुषाको ९८५४०२१०७७ मा सम्पर्क गर्न भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.