
काठमाडौं । नेपालमा थप एक सय ७० जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।
बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ । यस्तै ६ जनाको मृत्यु भएको छ ।



