
काठमाडौं । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ ।
भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ । हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको भन्दै समाचार प्रकाशन भएपछि नेपाली सेनाले त्यसको खण्डन गरेको हो ।
नेपाली सेनाले विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ । राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।
सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ ।




