
हुलाकी न्यूज काठमाडौँ, २३ मई २०२० का दिन जनमत पार्टी बिदेश विभागको ऑनलाइन बैठक सम्पन्न भएको छ।
यस बैठकबाट सम्पूर्ण जन समुदायमा कोरोना वाइरसबाट आफूलाई सुरक्षित राख्दै सम्पूर्ण प्रवासी नागरिकसंग सम्पर्क बनाई राख्न अपील गरेको छ। यस संक्रमण कालमा सम्पूर्ण प्रवासी सदस्यहरूलाई समस्यामा परेका सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ।
कोरोना वाइरस संक्रमण काल पश्च्यात् १.५ लाख प्रवासी मधेशी युवाहरू घर फिर्ता जाने सम्भावना रहेको छ। आउने दिनमा मधेशी युवाहरूले घर वापसी पछि रोज़गारी सृजना गर्ने र आफ्नो गाऊँ आफै बनाउने गतिविधिमा लाग्ने छन्।
यसकालागी यी युवाहरूले कृषिमा आधुनिकीकरण गर्दै व्यावसायीकरण गर्ने तथा लघु, साना र मझौला उद्योग आफ्नै गाऊँमा स्थापना गर्ने छन्। यसमा जनमत पार्टीका विज्ञ समूहले हरेक चरणमा सहयोग गर्ने छ।
यस कार्यलाई व्यस्थापन गर्न प्रवासमा रहेका युवाहरूको गाऊँपालिका/ नगरपालिका तहमा अलग अलग समूह गठन गरिने छ।



