रंजन भण्डारी, जलेश्वर, ३ कार्तिक । महोत्तरीको प्रसिद्ध जलेश्वरनाथ मन्दिरमा महादेवले दर्शन दिएका छन् । जलगुफाभित्र रहेका जलेश्वरनाथ महादेवले विगत केहि दिनदेखि दर्शन दिएका थिएनन् । अरु बेला जलभित्रै रहने महादेवको दर्शनका लागि महिनाको पहिलो सोमबार जल निकालेर भक्तजनलाई महादेवको दर्शन गराइन्थ्यो । तर, केही दिन यता जति जल निकालेपनि शिवलिङ्गको दर्शन नभएपछि महादेव रुष्ट भएको भन्दै स्थानीय र भक्तजनहरु चिन्तित थिए ।

नेपाली सेनाले जल निकालेर सोमबार भक्तजनलाई महादेवको दर्शन गराएका हुन् । यसभन्दा पहिले सेनाले दुईचोटि प्रयास गर्दापनि महादेवको दर्शन हुनसकेको थिएन ।

गुफाको जल दुई तीन फिटभन्दा बढी निस्कन नसकेको कारण करिव १३ फिट गहिरो गुफामा शिवलिङ्गको दर्शन असम्भव जस्तै भएको थियो ।

मधेश आन्दोलनमा प्रहरीको दमन, जथाभावी जल निकालिनु लगायतका विभिन्न कारणले गर्दा भगवान रुष्ट भएका र दर्शन दिन ईच्छा नभएका कारण जति निकाल्दा समेत जल कम नहुने स्थानीयहरुले बताउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.