काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमासम्बन्धी विषयमा सत्तापक्षले अनुचित राजनीतिक प्रोपोगाण्डा गरेको आरोप लगाएको छ ।

कांग्रेसले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विषयमा सत्तापक्ष प्रोपोगाण्डा गर्नु दुःखद भएको बताएका हुन् ।

उनले सरकारलाई परिपक्व र जिम्मेवार पहलकदमी लिन आग्रह पनि गरेका हुन् । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको भूगोल नेपालको भू–भाग हुन् अतः कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक ती भू–भागमा कायम हुनुपर्छ भनेर नेपाली कांग्रेसले विगतदेखि नै प्रस्ट धारणा राख्दै आएको छ ।’ उनले भनेका छन् ।

यसबारे कांग्रेसले जेठ १७ गते केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गर्ने पनि प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

सरकारको कमजोर तयारीका कारण कोरोना संक्रमण तीव्र रुपमा विस्तार भइरहेको आरोपसमेत कांग्रेसले लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.