काठमाडौं । आज १३औं गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउतले शुभकामना व्यक्त गरेका छन् ।

डा.राउतले गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गदैृ गणतन्त्र मधेशको रगतमै रहेको उल्लेख गरेका छन् ।

‘गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना । २७०० वर्ष अगाडी जतिबेला अधिकांश विश्वलाई गणतन्त्र भन्ने थाहा पनि थिएन, त्यतिबेला मधेशमा वज्जि (वृजि) गणतन्त्र र जनताको आफ्नै शासन थियो ।’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पटक–पटक त्यो गणतन्त्र र जनताको शासन राजा–रजौटा र सामन्तहरूद्वारा खोसिए पनि जनताले आखिर कहाँ छाड्छ र ? गणतन्त्र मधेशको रगतमै छ ।’

गणतन्त्रमा आम–जनताको छोराछोरी राष्ट्राध्यक्ष बन्न पाउँछन्, यो नै सबभन्दा ठूलो गर्व र अतुलनीय उपलब्धिको कुरा रहेको उनले भनेका छन् ।

‘कस्ता मान्छे बने र के गरे, त्यो तपाईं हाम्रो हातमा छ किनकि आखिर चयन गर्ने र गरेको त तपाईं हामीले हो । गणतान्त्रिक व्यवस्था आफैंमा उत्कृष्ट व्यवस्था हो, यो ’जनता जनार्दन’ भनाईको प्रतिमूर्ति हो ।’ डा.राउतले शुभकामना सन्देशमा भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.