हुलाकी न्यूज, वीरगंज, ३ कार्तिक । “मधेश आन्दोलनका घाईतको परिवार चन्दा मागेर चल्दै” शिर्षकको समाचर हुलाकी न्यूजमा प्रकाशित भएपछि मधेशी युवाहरुले मेहरुदिन मियाँको परिवारलाई आर्थिक सहयोग गरेका छन् । सोमबार बिहान मधेशी युवाहरुको तर्फबाट भरत साहले वीरगंजमा मियाँलाई रकम हस्तान्तरण गरेका हुन् ।

गौरका अमित कुमार कर्णले रु. ५,०००, दिल्लीमा रहेका सुजित ठाकुरले रु. १,००० र भरत साहले रु. १,१११ गरी रु. ७,१११ रुपैयाँ मेहरुदिनको परिवारलाई हस्तान्तरण गरिएको हो ।

मेहरुदिनको परिवारलाई थप सहयोग जुटाईदिन हुलाकी न्यूजको पहल जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.