
हुलाकी न्यूज, सिराहा: लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई गैर आवासीय मधेशी संघ र जनमत पार्टीको सहयोगमा राहत वितरण गरेको छ।
गैर आवासीय मधेशी संघ र जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिराहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा जनमत पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षतामा अति विपन्न, दलित र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ।
राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा धुने साबुन लगाइतका सामग्रीहरु वितरण गरेको जनमत पार्टी सुखिपुर नगरपालिकाका संयोजक सन्तोष कुमार यादवले बताए ।
उनले भने स्थानीय सरकार राहत वितरण गरेपनि जसलाई राहतको आवश्यकता रहेको घरपरिवारलाई राहत नदिई यस्ता विपत्रको समयमा सबै जना मिलेर कोरोना भाइरस विरुद्धको लडाइमा एक जुड भएर सहयोग गर्नु पर्ने आवस्यकता थियो। तर सुखिपुर नगरपालिकाका मेयर र वडाध्यक्षले आफ्नो पार्टीका कार्यकर्तालाई मात्र राहत वितरण गरेको संयोजक यादवले आरोप लगाएको थियो ।



