
काठमाडौं । पूर्वराजाहरूको तस्बिर अंकित भएको नोट प्रयोगमा रोक लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको परिपत्रमा पूर्वराजाका तस्बिर अंकित नोट पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले पुराना झुत्रिएको, मक्किएको, जलेको, गलेको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्यातिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्कासनका गर्न नमिल्ने पनि निर्देशनमा जनाएको छ ।
विभिन्न रङ प्रयोग गरिएका नोटको स्लिपमा सम्बन्धित बैंक वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम, छाप, नोट गन्ति गर्ने कर्मचारीको नामलगायतका विवरण खुलाउनु पर्नेछ । नोटमा कुनै पनि प्रकारको स्टिच लगाउन पाइने छैन । बैक तथा वित्तीय संस्थाहरूले अब नोटको वर्गिकरण गर्नुपर्ने भएको छ ।
एटीएम मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वटामा वर्गिकरण गर्न पर्नेछ ।
Directive-on-Clean-Note-Policy_20770211



