काठमाडौं । थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि गरेको हुन् । योसंगै संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना निको भएर फर्किएका छन् । नयाँ संक्रमित पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुका रहेका छन् ।

त्यस्तै, गुल्मीको मदानेका पनि एकजना संक्रमित भेटिएका छन् । पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ ।

ककनी गाउँपालिका ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.