काठमाडौं । देशलाई समृद्ध बनाउन तथा डिप्लोमा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीनिकट डिप्लोमा ईन्जिनियर जनमत संघ केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।

भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा गत बुधवार विभिन्न जिल्लाका डिप्लोमा ईन्जिनियरहरूसँग बैठक गरी सब ई. मुकेश मैरतालाई संयोजक र सब ई. ओम राउत लाई संचार प्रमुखको जिम्मा दिई २०७ सदस्यीय “डिप्लोमा ईन्जिनियर जनमत संघ केन्द्रीय तदर्थ समिति” गठन गरिएको हो ।

प्रदेश र जिल्ला समितिहरू बन्दै जानेछन् र केही महिनामा पूर्ण केन्द्रिय समिति पनि गठन हुनेछ । यस तदर्थ समितिले आवश्यक उपसमितिहरू बनाई ६ महिना भित्र यस संघको विधान तथा घोषणापत्र समेत तैयार गर्दै अधिवेशन मार्फत् डिप्लोमा ईन्जिनियर जनमत संघ गठन गर्ने जिम्मेवारी पाएको जनमत पार्टीका केन्द्रीय सदस्य ई.दिपक साहले जानकारी दिएका छन् ।

समाजको सम्यक् परिवर्तनमा आफ्नो अहम् भूमिका निर्वाह गर्न अहिले देखि नै ब्लूप्रिंट तैयार गर्दै यो सँस्था अगाडि बढने छ र नयाँ युगको शुरुवातको अभिभारा लिने छ ।

“डिप्लोमा ईन्जिनियर जनमत संघ” देशलाई समृद्ध बनाउन आवश्यक योजना बनाउन, ईन्जिनियरिङ्ग पेशाका गुणस्तर बढाउन, डिप्लोमा ईन्जिनियरहरुको हक–हितको लागि संघर्ष गर्न तथा उनीहरूलाई अन्तर्रा्ष्ट्रिय स्तरको सेवा सुविधा उपलब्ध गराउन काम गर्ने गैर सरकारी सामाजिक संस्था रहेको जनाइएको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.