हुलाकी न्यूज, काठमाडौं, ३ कार्तिक । मधेशी कोरिया समाजले मधेशी सहिद परिवारको लागि सहयोग रकम पठाएको छ । समाजको सेप्टेम्बर २७ र २८ का दिन भएको वार्षिक साधारण सभाले निर्णय गरेबमोजिम कोरियामा रहेका मधेशी समुदायबाट संकलन गरिएको एक लाख रकम मधेशी सहिदहरुको लागि पठाइएको मधेशी कोरिया समाजले जनाएको छ । संकलन गरिएको रकम मधेश रिलिफ फन्डमा पठाइएको पनि समाजले जनाएको छ ।

संकलित रकममध्ये २५ हजार रुपैयाँ महोत्तरीका सहिद अमित कापडको परिवारलाई दिइने र बाँकी रकम अरु सहिद परिवारलाई हस्तान्तरण गर्न तथा आन्दोलनका घाईतेको उपचारमा खर्च गर्न पनि समाजले आग्रह गरेको छ ।

समाजले आन्दोलनमा सहिद भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने आन्दोलनका घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.