
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।
नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित यस्तो निर्णय गरेको भएको छ । प्रधानमन्त्रीले गत मंगलबार संसदमा संविधान संशोधनका लागि प्रस्ताव ल्याइने बताएका थिए ।
अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले संविधान संशोधन गर्नुपर्ने भएको हो ।



