हुलाकी न्यूज, काठमाडौं : मधेशीहरुलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको कृषि टिभीसँग प्रेस काउन्सिल नेपालले स्पष्टिकरण माग सोधेको छ।

काउन्सिलमा पत्रकार बीपी साहले दिएको उजुरीका आधारमा विहीबार टेलिभिजनसँग तीन दिनभित्र स्पष्टिकरण माग गरेको हो।

उक्त टिभीबाट जेठ १ गते दिउँसो ३ बजेदेखि प्रसारित कार्यक्रममा मधेशीकै कारण कोरोना फैलिएको र यिनीहरुलाई नेपालमा ब्याण्ड गर्नु पर्नेसहितका कुरा भनिएको छ।

प्रस्तोता सुर्य भण्डारीले मधेशीको पहिचान देखाउन मुखमा कालो पोतेर रंगका आधारमा मधेशीसँग विभेद गरेको देखिएको छ। अर्की प्रस्तोता गोमा पाण्डेले मधेशीलाई बारम्बार ‘भैया’ शब्द प्रयोग गरी होच्याउने गरेकी छिन्।

काउन्सिलले सोधेको स्पष्टिकरणमा भनिएको छ, ‘प्रसारित सामग्रीको अनुगमन गर्दा सामग्री करिब ४५ मिनेट प्रशारण भएको, उक्त कार्यक्रममा दर्शक–श्रोताको भनाइ राखिएको, प्रारम्भमा कार्यक्रम सञ्चालकबाट ‘भैया’ आउनुभाको छ, कुरा गर्नुस् भनी दर्शक–स्रोताको फोन लिएको, जसमा पटकपटक ‘मधेशीले खाने भनेको यस्तै सुख्खा रोटी, नुन खुर्सानी र चिउरा नै त हो नि’ भनेको’ प्रस्तोताले ‘कस्तो मनासिब, घत लाग्ने कुरा गर्नुभयो जस्ता संवाद प्रयोग भएको छ।’
यस्तै ‘यिनीहरुको जात भनेको बाँडेर खाऊँ भन्ने खालको छैन, एक्लै खाने हो’, ‘कोरोना सार्ने यिनीहरु नै हुन्, नेपालीलाई दोष दिन्छन्’, ‘नेपाली मान्छे त दयालु हुन्छन्, बाँडेर खान्छन्, डढेर कालो ठुटो जस्तो भैसके तरकारी बेच्दाबेच्दा, कालो मान्छे हेपिन्छन्, ‘तिमीहरु त्यस्तै पारा देखाउँछौं, अनि भन्नु परेन ?’ जस्ता संवाद प्रयोग भएको काउन्सिलको पत्रमा उल्लेख गरिएको छ।

‘दर्शकसँगको कुराकानीमा ‘कोरोना सारेर तरकारी बेच्ने, यी भैयालाई नेपालबाट ब्याण्ड गर्नुपर्ने, नेपालमा तरकारी बेच्न नदिनुपर्ने’ जस्ता भाषा, शब्दमार्फत् सिङ्गो समुदायप्रति अत्यन्तै असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिलले जनाएको हो।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ४(३), ४(४), ४(६), ५(१), उल्लंघन भएको देखिएको हुँदा यस्तो सामग्री के(कसरी सम्प्रेषण हुन गएको भन्ने स्पष्टिकरण माग गरिएको छ।

‘प्रशारित सामग्रीको प्रकृति खुलाई क्षमायाचनासहित अविलम्ब सामाजिक सञ्जालबाट समेत उक्त सामग्री हटाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न र आइन्दा यस प्रकृतिका भूल नदोहोर्याउने प्रतिवद्धता जनाउन निर्णयानुसार निर्देशन दिइएको छ। अन्यथा पत्रकार आचारसंहिता, प्रचलित ऐन, नियम, कानुनअनुसार थप कारबाही अगाडि बढाइने छ।’ काउन्सिलको पत्रमा भनिएको छ।

6 COMMENTS

  1. Tyo sandip xettri vanne ley ta jhan personally maafi magnuparxa . He is abusing the whole madhesi community since then. He is trolling madhesi people in every possible means. Mukh ma Kalo taar dalere Ani tutefuteko bhasa bolera aru harek kura ma hochyaune khaleko logic which all are indigestible. Ettikai euta informal apology ley ta hunna.
    A formal apology should be made by sandip xettri so called mitahailal.

  2. जवाफ न आइकन आफैले कुरा राखेको छ , काउंसिलले , के मातहत को कार्यालय हो ? होइन भँनि स्पष्टीकरण आए पछि कड़ा कदम उठाऊन आग्रह छ।

  3. क्षमा याचना गरेर मत्रै कहाँ हुन्छ र,यस्ता राष्ट्र घातीहरुलाई त जेल हाल्नु पर्छ।

  4. साला जून मिडियाले सामाजिक सदभाव का कार्यक्रम चलाउने पर्ने हो तिनिहरु ले यस्तो कार्यक्रम चलाएर आफ्नो नीच र घटिया हकरत प्रचार गरेका हून अस्त कुकुरहरू लाई साचै को कालो मोसो दलेर नगर परिक्रमा गराउन पर्छ। ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.