काठमाडौं । नेपाली कांग्रेसले सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल महिलाहरूलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्न बन्द गर्ने निर्णयमा आपत्ति जनाएको छ ।

कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै भत्ता वितरण गर्न रोक्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन भन्ने प्रावधान उल्लेख छ ।

तर, सरकारले त्यसै प्रावधान अनुसार दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरीत नदिने निर्णय आफूहरूलाई मान्य नहुने खाँणले विज्ञप्तिमा उल्लेख गरेका छन् । कोरोना महामारीबाट प्रताडित भइरहेको विषम अवस्थामा अति अशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरूको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको खाँणको भनाइ छ ।

सरकारद्वारा गरिएको गैरजिम्मेवार निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग पनि विज्ञप्तिमा माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.