रंजन भण्डारी, जलेश्वर, २ कार्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहितका विभिन्न ठाउँमा कलश यात्रा निकालिएको छ । जलेश्वरसहित विभिन्न ठाउँमा बनाइएका दुर्गा भवानीको प्रतिमामा नेत्र प्रदानका लागि बेल निमन्त्रणा गर्न कलश यात्रा निकालिएका हो ।
पंडालहरुमा बनाइएका माटोका दुर्गा भवानीसहितका प्रतिमाहरु सप्तमीदेखि सर्वसाधारणले पुजा गर्न पाउने परम्परा अनुरुप नेत्र प्रदानका लागि राता कपडाले बेरेर बेल षष्ठीका दिन निमन्त्रणा गर्ने परम्परा छ ।

सप्तमी शुरु हुने बित्तिकै भगवतीका पुजारीले बेल तोडेर प्रतिमास्थलमा ल्याई प्रतिमाहरुमा नेत्र प्रदान गर्दा मनुष्यमात्र नभई पंक्षी र जनावरले समेत हेर्न नपाउने परम्परा छ ।

प्रत्येक बर्ष झैं जलेश्वरको शंकर चौक र दुर्गा चौकबाट छुट्टाछुट्टै कलश यात्रा निकाली जुम्ल्याहा बेल भएको रुखमा गई बेल निमन्त्रणा गरेका छन् । बाजागाजा र झाँकीसहित निकालिएको कलश यात्राले नगरपरिक्रमा समेत गरेको छ ।

kalash yatra2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.