प्रतिकात्मक तस्वीर

रौतहट । रौतहटका दुई स्थानमा भएका आगलागीका घटनामा तीन घर जलेका छन् । गएराति भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

गएराति परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमा समेत आगलागी भएको थियो ।

आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

त्यसैगरी, ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातिनै भएको आगलागीबाट खाद्यान्न लताकपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । सदरमुकाम गौरबाट गएको दमकल, स्थानीय प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.