File Photo

काठमाडौं । भारतले आज नेपालमा रहेका आफ्ना नागरिकलाई हवाई उद्दार गरेको छ ।

लामो लकडाउन र व्यावसायिक उडानमाथिको प्रतिवन्धपछि नेपालमा अड्किएका नागरिकलाई लिन एयर इन्डियाको जहाज काठमाडौं आएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार बिहान एक नावालकसहित १ सय ६५ जना यात्रु लिएर एयर इन्डियाको जहाज उडेको हो ।

नेपालमा रहेका धेरैजसो मजदुर सडक मार्गबाटै भारत फर्किसकेका छन् । दूतावास तथा विभिन्न मिसनमा कार्यरत कर्मचारी, व्यापारीलगायत नेपालमा अड्किएका अन्य व्यक्तिलाई भने भारतले जहाजमा फिर्ता लगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.