
सिन्धुली । सिन्धुलीको पहिलो कोरोना संक्रमित महिला कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानको रहेको पुष्टि भएको छ ।
केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षणमा सिन्धुलीका एक महिलामा आज कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
२६ वर्षीया ती महिला हाल काठमाडौंमा रहँदै आएकी र एपीएफ कोरोना अस्पतालमा भर्ना भएकी छन् ।



