काठमाडौं, ७ जेठ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई जना प्रहरी कोरोना संक्रमण देखिएपछि बृत्त नै सिल गरिएको छ ।

संक्रमितको सम्पर्कमा रहेका २ सय प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरू लकडाउनको समयमा सडकमा नै समूहमा ड्युटीमा खटिएका थिए । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएका छन् । उनीहरूसँग सम्पर्कमा आएका दुई सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिने भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए ।

बृत्तमा महिला सेल, ट्राफिक कार्यालयसमेत रहेको छ । ४ दिनअघि १९ जना प्रहरीको कोरोना परीक्षण गरिएको थियो । जसमा २ जनामा पोजेटिभ रिपोर्ट आएको हो । यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो ।

यस्तै महोत्तरीको बर्दिबासस्थित पृतनामा कार्यरत पृतनापतिसहित दुई जनामा संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.