हुलाकी न्यूज, काठमाडौं, २ कार्तिक । तराई लिबरेशन आर्मीले मधेशी र जनजाति क्षेत्रबाट चुनिएका जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा नदिए उनीहरुको परिवारको सफाया गर्ने चेतावनी दिएको छ । कार्तिक १ गते आईतबार प्रेस विज्ञप्ति निकालेको तराई लिबरेशन आर्मीले शोसक सत्तासँग हाथ मिलाएका सांसदहरुले ७२ घण्टाभित्र आफ्नो पद त्याग गरेर मधेश आन्दोलनमा नलागे उनीहरुका परिवारका सदस्यहरुको सफाया गर्ने चेतावनी दिएको हो ।

उसले मधेश आन्दोलन कुनै नेताको बलमा नचलेको र मधेशी जनता कुनै पार्टी वा नेताको गुलाम नभएको भन्दै मधेशी सहिदको लाशमाथि राजनीति गर्नेहरुको परिवारबाट पनि एक एक जनालाई सहिद बनाउने धम्की दिएको छ ।

उसको विज्ञप्तिमा सहिद परिवारमाथि आइलाग्ने विपतको अनुभव गराउन उनीहरुको परिवारबाट एक जनालाई सहिदको दर्जा दिलाउन र सरकारको तर्फबाट दिइने १० लाख रकम दिलाउन आवश्यक रहेको जनाएको छ ।

तराई लिबरेशन आर्मीले कैलाली र महोत्तरीमा प्रहरीको हत्या आफूले गरेको दाबी पनि गरेको छ । उसले आगामी दिनमा पनि जनतामाथि दमन गर्नेलाई मार्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा तराई लिबरेशन आर्मीसँग बुद्धिजिवी, उद्यमी, पूर्व मधेश विद्रोहीलगायत नेपाल प्रहरीका ५ अधिकारी तथा नेपाली सेनाका भूतपुर्व ३ अधिकारी आबद्ध रहेको दाबी पनि गरिएको छ ।

terai liberation army

2 COMMENTS

  1. Please first read: http://madhesiyouth.com/download/ For 8points and 22points agreement between Nepal govt.and sanyukta lokatantrik madheshi morcha. You sold any plot/land to any person at a time,after then you cannot re-sell that to other person also or you cannot caltivate that land ! if you registry the land at once it is not require to re-registry from any person .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.