
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा गोपाल धर्मशालामा ५० वेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । धर्मशालामा क्वारेन्टाइनका लागि आवश्यक पूर्वाधारहरु उपलब्ध रहेको छ ।
एक सय वेडको क्वारेन्टाईन निर्माण गर्ने लक्ष्य लिएपनि पहिलो चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनाएका छन् ।
क्वारेन्टाइनका लागि चाहिने सबै प्रकारको पूर्वाधारहरु रहेको र सुरक्षित पनि भएकाले क्वारेन्टाइन निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
धर्मशाला तथा परिसरलाई सेनेटाईज गरेर प्रत्येक रुममा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको वेडको व्यवस्थापन गरिनुका साथै प्रत्येक वेडमा तातो पानीका लागि हिटर सहितको जग, नयाँ पेष्ट, ब्रस, झुल, तन्ना सहितको वेड, खानाका लागि चाउँ चाउँ, विष्कुट, कपडा धुने तथा नुहाउने सावुन सहितको सामाग्री वेडमा व्यवस्थापन गरिएको जनाइएको छ ।
यसै गरि फ्रि वाई फाईको व्यवस्था, टावेल, रहेक कोठा अगाडी डष्टविन, वस्नका लागि कुर्सी पनि व्यवस्था गरिएको छ । साथै कारेन्टाईनमा वस्ने कोरोनाको संकास्पदहरुको प्रतिरोधक क्षमताको बृद्धि गर्नका लागि योगाभ्यासको पनि व्यवस्था मिलाउन लागेको नगरप्रमुख साहले जनाए ।
क्वारेन्टाईनमा बस्नेलाई विहान बेलुकाको खाना, नास्ता तथा चियाको व्यवस्था गरिएको नगरप्रमुख साले जनाएका छन् । भारतबाट अहिले औपचारिक मार्ग भएर नेपालीहरु आउने क्रम बढेकाले जनकपुरधाममा क्वारेन्टाईन स्थापना गरिएको छ ।
कोरोनाको संक्रमण बढेको खण्डमा जनकपुरधाम उपहमानगरपालिकाको वसहीयामा रहेको ईन्जिनियरिंग कलेजको खाली भवनमा सञ्चालन गर्ने विषयमा उपमहानगरपालिकाले प्रदेश सरकारसँग समन्वय पनि गरिरहेको नगरप्रमुख साहले हुलाकी न्यूजलाई बताए ।




