काठमाडौं, ६ जेठ । राष्ट्रिय सूचना आयोगले कोरोनाभाइरस संक्रमित वा मृतक व्यक्तिको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै स्पष्ट पार्न निर्देशन दिएको छ ।

आयोगले कोरानबाट संक्रमित वा मृत्यु भएकाबारे सूचना सार्वजनिक गर्दा त्यस्ता संक्रमित वा मृत्यु भएको व्यक्तिको स्थायी ठेगाना र अहिले बसोवास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक फरक हुन सक्ने भन्दै एउटा मात्र स्थानका वारेमा उल्लेख गर्दा अन्योलता सिर्जना गरेकाले सबै विवरण (ठेगाना) खुलाउन निर्देशन दिएको हो ।

हाल मन्त्रालयले कोरोना संक्रमितको अस्पष्ट ठेगाना सार्वजनिक गर्दै आएको छ । आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचनाहरू प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको यसबाट सम्बन्धित व्यक्ति र परिवारमा पर्ने प्रभाव दुःखदायी र दुरगामी हुन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएको छ ।

यसैगरी आयोगले कोरोना भाइरसको महामारीका क्रममा नेपाल सरकारलाई सूचनाको हक सम्वन्धमा १६ बुँदे निर्देशन समेत जारी गरेको छ । जसमा तीनवटै तहका सरकारी निकायबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहतका लागि भए गरेका कामहरूका बारेमा नियमित रूपमा सार्वजनिक गराउने व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै आयोगले उपलव्ध र वितरण भएका तथा खरिद गरिने उपकरण, स्वास्थ्य सामग्रीलगायतका विषयको जानकारी सार्वजनिक गर्न, राहत कोषमा जम्मा भएको रकम र चर्खको विवरण सार्वजनिक गर्नलगायतका पनि निर्देशन जारी भएको छ ।

हालसम्म नेपालमा ४०२ जनामा कोरोना संक्रमण हुनुका साथै २ जनाको मृत्यु समेत भएको भएपनि मन्त्रालयले संक्रमितको ठेगाना स्पष्ट नदिँदा अनावश्यक त्रास समेत फैलिएको कतिपयको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.