काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालले कहिल्यै गुलामी नस्वीकारेको र कसैको उक्साहट पनि नचल्ने प्रष्ट गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतीय सेना प्रमुख मनोजमुकुन्द नरभानेलाई नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट र दबाबमा नचल्ने जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेको स्मरण गराउँदै लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताएका हुन् । यसअघि भारतीय प्रधानसेनापति नरभानेले चीनलाई संकेत गर्दै कालापानी क्षेत्रमा भारतले बनाएको सडकको विरोध अरुकै निर्देशनमा नेपालले गरेको आरोप लगाएका थिए ।

नरभानेले लगाएको आरोपबारे सांसदहरूले सरकारको औपचारिक धारणा मागेपछि प्रधानमन्त्रीले यो जवाफ दिँदै भने, ‘म सबैले बुझ्ने भाषामा भन्न चाहन्छु । हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं । कसैको दबाब, उक्साहट र निर्देशनमा चल्दैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.