
सर्लाही, ६ जेठ । सर्लाहीमा मंगलबार भेटिएका दुई संक्रमित हाल काठमाडौंमा रहेका छन् । सर्लाहीका स्थायीबासी उनीहरू हाल काठमाडौंमा रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो । जसमध्ये दुई जना सर्लाहीका हुन् । यी दुबै जना काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए ।
संक्रमितमध्ये एक जना बागमती नगरपालिका वडा नं. ९ का ३४ वर्षीय पुरूष र अर्का हरिवन नगरपालिका नयाँ रोड निवासी ३१ वर्षीय पुरूष रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।



