
काठमाडौं, ५ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने विषयमा निर्णय गर्ने तयारी गरेको छ ।
अहिले जारी मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल भइरहेको छ । यसअघि आइतबार पनि छलफल भएको थियो । तर निर्णय हुन नसकेपछि पुनः अहिले मन्त्रिपरिषद्को बैठक बसेको हो । विदेशमा रहेका लाखौं नेपालीमध्ये ठूलो संख्यामा स्वदेश फर्किन चाहेका छन् ।
भारत लगायत बिभिन्न मुलुकले आफ्ना नागरिकहरूको उद्दार थालिसक्दा पनि नेपाली नागरिकहरू अल्पत्र परिरहेको हुँदा सरकारको चौतर्फी आलोचना भइरहेको छ । सोहिअनुसार छलफलमा सरकार रहेको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले जानाकारी गराए ।



