कपिलवस्तु, ५ जेठ । कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित क्वारेन्टाइनबाट भागेका सबै जनालाई फिर्ता ल्याउन प्रहरी सफल भएको छ ।

उनीहरूलाई सोमबार बिहान क्वारेन्टाइनमा फिर्ता ल्याएको हो । यशोधरा गाउँपालिका–८ स्थित सरस्वती प्राबि खोरिया र राष्ट्रिय निमावि सिंहखोरमा रहेका दुईवटा क्वारेन्टाइनबाट शुक्रबार र शनिबार गरी ४६ जना भागेका थिए ।

भारतका विभिन्न स्थानबाट लुकिछिपी आएका उनीहरूलाई स्थानीयको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । कमजोर सुरक्षा व्यवस्थाका कारण रातिको समयमा भागेका उनीहरूलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखिएको छ ।

यशोधरा गाउँपालिकामा हालसम्म १२ जना संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.