
काठमाडौं, ५ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाकी नवजात शिशुसहित परिवारका सबै सदस्यको रिपोर्ट निगेटिभ आएको छ ।
काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक सुत्केरीको परिवारका ५ सदस्यकै रिपोर्ट निगेटिभ आएको हो । अस्पताल स्रोतका अनुसार १२ दिनका नबजात शिशू, मृतककी श्रीमानसहित परिवारका अन्य पाँच जनाकै कारोना परीक्षण गरिएको थियो । जसमा सबैमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर डिस्चार्ज भएकी ती महिला स्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा भर्ना भएकी उनको बिहीबार मृत्यु भएको थियो । सुत्केरी भएको ९ दिनमा मृत्यु भएकी उनको परीक्षका क्रममा कोरोना पोजिटिभ देखिएको थियो ।



