काठमाडौं, ५ जेठ । नेपालमा हालसम्म पाँच पत्रकार पनि कोरोना संक्रमित भएका छन् । पछिल्लोपटक सोमबार बारामा फेला परेका संक्रमित पनि पत्रकार रहेको खुलेको छ ।

यसअघि, पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।

संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.