
काठमाडौं, ५ जेठ । कोरोना भाइरसबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९० हजार ९७३ जनाको मृत्यु भएको छ । १५ लाख २६ हजार ८४२ जना संक्रमित भएका छन् । त्यस्तै संक्रमितका आधारमा अमेरिकापछि रूसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ८१ हजार ७५२ जना संक्रमित भएका छन् भने २ जहार ६३१ जनाको मृत्यु भएको छ ।
मानवीय क्षतिका हिसाबले अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३४ हजार ६ सय ३६ जनाको मृत्युभएको छ । त्यस्तै, इटालीमा ३१ हजार ९ सय ८ र फ्रान्समा २८ हजार एक सय ८, स्पेनमा २७ हजार ६ सय ५० जनाको ज्यान गएको छ । त्यसैगरी, साउदी अरेबियामा ३१२, कुवेतमा ११२, यूएईमा २२०, मलेसिया ११३ र कतारमा १५ जनाको मृत्युभएको छ ।
यता, भारतमा तीन हजार २५ जनाको मृत्यु भएको छ भने ९५ हजार ६ सय ९८ जना संक्रमित रहेका छन् । त्यस्तै, पाकिस्तानमा ८ सय ७३ जनाको मृत्युभएको छ भने ४० हजार एक सय ५१ जना संक्रमित रहेका छन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमणमुक्त भएका हुन् ।



