
काठमाडौ, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले लकडाउन जेठ २० सम्म लम्ब्याएको छ ।
बैठकले सुरक्षा व्यवस्थालाई अझै कडा बनाउने र आपूर्ति व्यवस्थामा प्रभावकारी गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।



