
काठमाडौं । गैरआवासी मधेशी संघका अन्तर्राष्ट्रिय समिति अध्यक्ष ई.बसन्त कुशवाहाले अब आफ्नो गाउँमा आफैले रोजगारी सिर्जना गर्ने बेला आएको बताएका छन् ।
अध्यक्ष कुशवाहाले एक अपिल सार्वजनिक गर्दै कोरोना महामारी पश्चात वैदेशिक रोजगारीमा रहेका धेरै श्रमिकहरु स्वदेश फर्किनुपर्ने अवस्था आउने भएकोले त्यसका लागि अहिलेदेखि नै आफ्नो पालिकामा मिलेर समूह निर्माण गर्न भनेका छन् ।
‘अहिलेका भ्रष्टाचारी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले तपाइँका लागि केही गर्नेवाला छैन ।’ अध्यक्ष कुशवाहाले भनेका छन्, ‘अहिलेसम्म तपाइँ हामीले पठाएका रेमिटान्सको पैसाले यिनीहरु मोजमस्ती गरे । करोडौंको बजेट पचाए ।’
उनले अब यस्ता भ्रष्टाचारी जनप्रतिनिधिहरुलाई पदच्यूत गर्नुपर्ने भन्दै बाँकी रहेका स्रोतसाधनले आफ्नो गाउँमा आफै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
उनले हरेक देशमा काम गर्ने आफ्नो पालिकाका साथीहरुलाई आवद्ध गर्न आग्रह गर्दै भने, ‘अरुको देशमा खुन पसिना बगाएको धेरै भयो, अब त्यो मेहनत आफ्नै गाउँमा गर्ने बेला आएको छ ।’





As soon as it is possible