
काठमाडौं, ४ जेठ । कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो । आज विहान बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा उनको मृत्यु भएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु भएका ब्यक्तिको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रलायका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् । प
्रवक्ता डाक्टर देवकोटाका अनुसार उनी बाँकेको नरैनापुर ५ का २५ वर्षीया युवा हुन् । उनी गत बैशाख ३० गते भारतबाट नेपाल आएका थिए । यसअघि शनिबार सिन्धुपाल्चोककी एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।



