
भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ८ सय नाघेको छ ।
भारतीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या २ हजार ८ सय ७२ पुगेको हो । भारतमा संक्रमितको संख्या ९० हजार ९ सय २७ पुगेको छ । त्यस्तै, ५३ हजार ९ सय ४६ जना उपचाररत छन् भने ३४ हजार १ सय ९ जनाले उपचार पाएर निको भएका छन् ।
भारतमा सबभन्दा बढी महाराष्ट्रमा १ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।
यसैबीच, महाराष्ट्र राज्य सरकारले लकडाउन दुई साता थपेको छ । सरकारले कोरोना प्रभावित क्षेत्रहरूमा लकडाउनलाई आगामी मे ३१ सम्मका लागि लम्ब्याएको छ ।






