काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टीका उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् ।

आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् । कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन ।

उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजिटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा छन् । उनमा कोरोना संक्रमण परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

कटारी अस्पतालले कोभिड–१९ को उपचारका लागि ६ वेडको आइसोलेसन तयारी अवस्थमा राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.