
काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
गत शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । आइतबार अनुसन्धान प्रतिवेदनको अध्ययन गरी थप निर्णय हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीले जानकारी दिए ।
प्रहरीले सांसद यादवले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्तासहित अन्य अडिओ र भिडिओ रेकर्ड प्रमाणका रूपमा प्रस्तुत गरेको छ । वैशाख २२ गते पूर्वमन्त्री तथा नेकपाका सासंद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरूद्ध सांसद यादवले सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए ।



