काठमाडौं, ४ जेठ । कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाका शिशुसहित चार जनालाई आइसोलेशनमा राखिएको छ ।

मृत्यु भएकी महिलाको नवजात शिशु, श्रीमान, सासू र अर्का एक सहयोगीलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले जानकारी दिएका छन् । चारै जनाको स्वाब संकलन गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यस्तै अस्पतालका चिकित्सकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको पनि अस्पतालले जनाएको छ । मृत्यु भएकी महिला गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । २४ गते सुत्केरी भएपछि उनलाई बैशाख २५ गते डिस्चार्ज गरिएको थियो ।

डिस्चार्ज भएर सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी ती महिलामा जेठ १ गते ज्वरो र श्वासप्रश्वासलगायत समस्या देखिएपछि स्थानीय बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.