
काठमाडौं, नेपालमा थप तीन जनामाम कोरोना भाइरस देखिएको छ । पछिल्लो समय कपिलवस्तुका तीन जनामा कोरोना देखिएको हो । प
्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणअनुसार कपिलवस्तु शिवराज नगरपालिका चन्द्रोटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ११ः३० जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको हो । आज फेला परेका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।




