काठमाडौं, जेठ २ । सरकारले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन सवारी अनुमति दिएको छ ।

लकडाउनका कारण दुई महिनादेखि झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको हो । बिहीवार जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी अनुमति पाएका शाहलाई पछि गृहले पास दिन अस्वीकार गरेको थियो ।

तर, गृहमन्त्रालयको यो निर्णयको चौतर्फी आलोचना भएपछि गृहले फेरि काठमाडौं आउने अनुमति दिएको हो । शुरुमा आफूहरूले दिएको यात्रा अनुमति गृह मन्त्रालयले रद्द गरिदिएको भएपनि पछि फेरि प्रक्रिया मिलाएर स्वीकृति दिइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले बताए ।

सवारी अनुमति मिलेसँगै पूर्वराजा शाहका परिवार आज (शुक्रबार) विहान ९ बजे झापास्थित हिमालयन चिया बगानबाट काठमाडौंका लागि प्रस्थान गरेको शाहको सचिवालयका एक अधिकारीले जानकारी दिएका छन् । लकडाउनपूर्व झापाको दमक पुगेको पूर्वराजा शाह सरकारले लकडाउन घोषणा गरेपछि त्यही बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.