काठमाडौं, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको सरकारले जनाएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका छन् ।

संक्रमितमध्ये २ सय ११ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिएका छन् । हालसम्म देशभर २२ हजार ६६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । बितेको २४ घण्टामा १३६३ जनाको कोरोना परीक्षण भएको छ ।

पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परीक्षण गरिएको थियो । यस्तै हालसम्म आरडीटी विधिबाट ६२ हजार ३२७ जनाको परीक्षण भएको छ ।

यो परीक्षण गत चैत १९ देखि सुरु भएको थियो । यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् भने देशभर क्वारेन्टाइन बेडको संख्या ५३ हजार ८३५ रहेको छ । त्यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरू २७२ जना भएको जानकारी दिए ।

आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.