हुलाकी न्यूज, नेपालगञ्ज, २ कार्तिक । मधेशी नागरिक समाज बाँकेले मधेशमा ६९ दिनदेखि शान्तिपुर्ण आन्दोलन चलिरहँदा पनि नेपाल सरकारले गम्भीरतापुर्वक नलिएकोप्रति खेद प्रकट गरेको छ । नागरिक हुनुको अधिकारप्राप्तिको लागि ४५ जना भन्दा बढीले सहादत दिसकेको तथा हजारौं घाईते भईसकेको र विश्वकै इतिहासमा सबभन्दा लामो र गौरवशाली आन्दोलनको सरकारद्वारा अवमुल्यन गरिनु दुःखद भएको ठहर गरेको छ ।

मधेशी नागरिक समाज बाँकेका संयोजक आशिष गुप्ताले जारी गरेको विज्ञप्तिमा मधेश आन्दोलनको मुख्य माग सीमांकनमा हेरफेरसम्वन्धि प्रष्ट धारणा सार्वजनिक गरी सीमांकनलगायत समानुपातिक समावेशी सिद्धान्तअनुसार मुलुकको पुनर्संरचना, जनसंख्याको अनुपातमा मधेशी समुदायको पहुँचको सुनिश्चितता तथा अन्य समानाता तथा सामाजिक न्यायसम्बन्धी मागहरुलाई यथाशिघ्र संबोधन गर्न सरकारसँग माग गरिएको छ ।

नागरिक समाजले संविधान संशोधन गरी मुलुकलाई निकास दिन सरकार तथा व्यवस्थापिका संसदका सबै दल र सम्बन्धित सबैलाई आग्रह पनि गरेको छ । उसले आन्दोलनको क्रममा घाईते भएकाहरुको उपयुक्त उपचारको व्यवस्था गर्न, मृतकलाई अविलम्ब सहिद घोषणा गर्न र तिनका परिवारलाई क्षतिपुर्ति प्रदान गर्न पनि अनुरोध गरेको छ ।

madheshi nagarik samaj

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.