3D illustration of Coronavirus, virus which causes SARS and MERS, Middle East Respiratory Syndrome

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का ५७ जना संक्रमित नेपालमा थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको प्ररीक्षणअनुसार ५७ जना कोरोनाका विरामी फेला परेका हुन् ।

नयाँ फेला परेका सबै पुरुषहरु रहेको मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरु कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बारा १ जना रहेको छन् भने सबै जना पुरुषहरु नै छन् ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.