रमेश ठाकुर, रौतहट, २ कार्तिक । अवैध तरिकाबाट भन्सार छली नेपाल ल्याउँदै गरेको २९ वटा राँगा तथा भैंसी प्रहरीले सीमानाकाबाट नियन्त्रणमा लिएको छ ।
रौतहटको महादेवपट्टी नाकाबाट अवैध रुपमा तस्करहरुले भन्सार छलेर चोरबाटो हुँदै नेपाल भित्र्याउन लागेको अवस्थामा भैंसीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महादेवपट्टीमा रहेको अस्थाई प्रहरी चौकिका ईन्चार्ज हवल्दार धिरेन्द्र झाको नेतृत्वमा रहेको टोलीले नियमित गस्तिको क्रममा सीमानामा जाँदा प्रहरीलाई देखेर तस्करहरु फरार भएपछि राँगा तथा भैंसीलाई नियन्त्रणमा लिएका हुन् । नियन्त्रणमा भैंसीहरुलाई भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।



