
सिरहा, ३० वैशाख । सिरहाको लहानमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ ।
लहान नगरपालिका वडा नम्बर १७ का करिब ४० वर्षीय पुरुषको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी शरदकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
उनको सोमबार राति नै हत्या भएको आशंका गरिएको छ । हत्याको कारण खुल्न सकेको छैन ।
शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । लकडाउनको अवधिमा प्रदेश २ मा ११ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन् ।



