रमेश ठाकुर, रौतहट, २ कार्तिक । घरबाट तलब लिन गौर हिँडेका एक शिक्षकलाई भारतीय गाडिले ठक्कर दिँदा बाटोमै मृत्यु भएको छ ।
रौतहटको सदरमुकाम गौरबाट तिब्र गतिमा गईरहेको बि आर ०५ पि ए १३९३ नम्बरको भारतीय बोलेरो गाडिले गौर शिर्षीया सडकखण्डमा पर्ने मुडलवा गेट नजिक ठक्कर दिँदा धरमपुर १ का उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो ।
उच्च माध्यमिक विद्यालय लौकाहामा अध्यापन गराउँदै आएका शिक्षक यादव दशैं तलब बैंकबाट झिक्नका लागि सोमबार बिहान घरबाट गौर हिँडेका थिए । बाटोमा दुर्घटना भई गौर नपुग्दै मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् । ठक्कर दिने गाडिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाएको तथा फरार रहेको चालकको खोजतलाश जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रधुमन कार्किले बताएका छन् ।



